खगराजले पेस गरेको दाबी असंवैधानिक भएको कांग्रेसको दाबी

काठमाडौं– एमाले नेता खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उक्त दाबी असंवैधानिक भएको भन्दै कांग्रेस सांसदहरू निवेदन लिएर प्रदेश प्रमुखकहाँ पुगेका छन् । उपनेता विन्दुकुमार थापाको नेतृत्वमा उनीहरू प्रदेश प्रमुख डिल्लीराज भट्टको सरकारी निवास पुगेका हुन् ।

मुख्यमन्त्री बन्ने नबन्ने कुरा होइन । दाबी नै गलत र असंवैधानिक छ, थापाले भने, यो रोकिनुपर्छ । गलत नजिर कायम गर्नु हुँदैन । प्रदेश प्रमुखलाई आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट्ने कार्यक्रम छ ।

प्रदेश प्रमुख कार्यालयका अनुसार अधिकारीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । अधिकारीले एमाले, माओवादी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन लिएर दाबी पेस गरेका हुन् । कांग्रेसले सभामुखले राजीनामा नदिई हस्ताक्षर दिन नमल्ने बताएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.