काठमाडौं– सुदूरश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई प्रदेश सभा सदस्य पदबाट पदमुक्त गरिएको छ । उनी नागरिक उन्मुक्ति पार्टीकी सांसद हुन् । सुदूरपश्चिम प्रदेशसभाकी सांसद इन्दिरा गिरी पदमुक्त
सुदूरपश्चिमकै मुख्यमन्त्री कमल बहादुर शाहको कामचलाउ सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री इन्दिरा गिरीलाई उनी निर्वाचित नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा सांसद पदबाट फिर्ता बेलाउन गरिएको पत्राचारका आधारमा गिरीलाई पदमुक्त गरिएको छ ।
नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक सांसद निवार्चित गिरीलाई सांसद पदबाट फिर्ता बोलाउन पार्टी अध्यक्ष रञ्जिताले चैत्र २१ गते सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएकी थिइन् । सभामुख भण्डारीले राजनीतिक दल सम्बन्धी ऐन ०७३ दफा ३५ बमोजिम प्रदेश सभा सदस्य पदबाट फिर्ता बोलाइएको पत्र सोमबार प्रदेश सभा सचिवालयमा टाँसेका हुन् ।
पत्रमा नागरिक उन्मुक्ति पार्टीले सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनि प्रदेश सभा सचिवालयमा पत्र पेश भएकाले दल सम्बन्धी ऐन ०७३ को ३५ अनुसार सूचना प्रकाशित गरिएको छ ।ु सूचना टाँस्नु भनेको पदमुक्त हुने प्रक्रिया भएको सभामुख भीमबहादुर भण्डारीले बताए ।
बैठक नचलेको अवस्थामा सूचना टाँस गर्ने प्रावधान प्रदेश सभा नियमावलीले गरेको छ । नागरिक उन्मुक्ति पार्टीमा उत्पन्न आन्तरिक बखेडाको घानमा गिरी परेकी हुन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद चर्किएर सो पार्टीका सांसदहरु समेत दुई समूहमा विभाजित भएका थिए ।त्यसक्रममा इन्दिरासहित पाँच सांसद रेशम पक्षमा र दुई सांसद रञ्जिता पक्षमा लागेका थिए । रेशम पक्षमा लागेको र मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएकी भएपनि पाँचै जनाले मानेका थिएनन् ।