जिल्ला प्रहरी कार्यालय दार्चुलालाई ५५ ईन्चको स्मार्ट टिभी हस्तान्तरण

दार्चुला– दूररदृष्टि डिजिटल प्रालिले जिल्ला प्रहरी कार्यालय दार्चुलालाई ५५ ईन्चको स्मार्ट टिभी हस्तान्तरण गरेको छ । प्रालिको व्यापार साझेदारी तथा सामाजिक कार्यअन्तर्गत जिल्ला प्रहरी कार्यालय दार्चुलालाई ५५ ईन्चको स्मार्ट टिभी हस्तान्तरण गरिएको हो ।

सोमवार एक कार्यक्रमका बीच दूरदृष्टि डिजिटल प्रालिले जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहलाई उक्त स्मार्ट टिभी हस्तान्तरण गरिएको प्रालिका सुदूरपश्चिम प्रदेश प्रमुख नविन जोशीले जानकारी दिए ।

यस कम्पनीले व्यापार व्यवसाय सँगसँगै सामाजिक कार्यका साथै स्थानीय उत्पादनलाई बजारीकरण गरिरहेको छ । यस्तै सामाजिक कार्य अन्तर्गत निशुल्क रुपमा आँखा शिविर संचालन, अपाङगता भएका व्यक्तिहरुको निशुल्क उपचार लगायतका कार्यहरु पनि गर्दै आइरहेको छ ।

दूरदृष्टि डिजिटल प्रालिले आफ्ना ग्राहकहरुलाई उपहार चिनो वितरण गरिरहेको छ । जसअन्तर्गत प्रत्येक महिना केहिलाई उपहार र अन्तिममा सबै ग्राहकको हात खाली नहुने गरी दैनिक ४० रुपैयाँमा कम्पनिले नयाँ अफर दिने गरेको छ । यस कार्यक्रममा देशभरीका ६ हजार ९९९ गा्रहकले सहभागिता जनाउन पाउने छन् । यस कार्यक्रममा देश भरीका ६ हजार ९ सय ९९ जनाले सहभागीता जनाउने कम्पनिले जनाएको छ । जसअन्तर्गत प्रत्येक महिना २५/२५ जना भाग्यमानी ग्राहकहरुले उपहार सम्मान पाउनेछन् ।

दुई जना भाग्यमानी ग्राहकले बाईक र २३ जनाले ३२ र ४३ ईन्चको स्मार्ट टिभी, फ्रिज, टिएमसी लगायतका सामानहरु गोलाप्रथाको माध्यमबाट हात पार्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.