दार्चुलाको शैल्यशिखर–७ मा रहेको भैरवनाथ आबिको विद्यालय भवन जीर्ण बन्दै

दार्चुला–दार्चुलाको शैल्यशिखर नगरपालिका–७ दोबाटामा रहेको भैरवनाथ आधारभुत विद्यालयको भवन जीर्ण बनेको छ । २०६८ सालमा स्थापना भएको विद्यालय भवन स्थानीय सरकारको बेवास्ता कारण जीर्ण बनेको हो ।

कक्षा १ देखि ३ सम्म पढाई हुने उक्त विद्यालयमा ३४ जना विद्यार्थी छन् । कार्यलय सहयोगीसहित ४ जना शिक्षक कर्मचारी रहेको विद्यालयको भवन जीर्ण हुँदा पनि मर्मत सम्भारमा स्थानीय तहले बेवास्ता गरिरहेको छ । विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भइरहेको विद्यालयकी प्राधानाध्यापक जानकी धामीले बताईन् ।

जीर्ण विद्यालय भवनको हालत
                                                 जीर्ण विद्यालय भवनको हालत

‘चर्को घाम र वर्षातमा पानी पर्दा विद्यालय बन्द गर्नु पर्ने बाध्यता छ । सबै सरोकारवाला निकायलाई यसबारे पटक–पटक खबरसमेत गरिसकेकी छु’ उनले भनिन् । विद्यालय भवन जीर्ण हुँदा विद्यार्थीलाई विद्यालय पठाउन जोखिम रहेको अभिभावक गणेश खत्रीले बताए ।

याता शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले भने उक्त जीर्ण विद्यालय भवन मर्मतका लागि आवश्यक पहल गर्ने बताए । ‘हाल म पनि यस स्थानीय तहमा नयाँ छु । केही गुनासो हामीसँग पनि आएको छ । सो विद्यालयको भवन मर्मत गर्नका लागि आवश्यक पहल गछौं’ उनले भने ।

Leave A Reply

Your email address will not be published.