डेढ लाख घुससहित पोखरा महानगरपालिकाका सब–इन्जिनियर रोकाय पक्राउ

काठमाडौं– सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिएको आरोपमा पोखरा महानगरपालिकाको नगर कार्यापालिका कार्यालयमा कार्यरत सब–इन्जिनियररसहित २ जना पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, पोखराबाट खटिएको टोलीले सब– इन्जिनियरर उषाकिरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई मंगलबार पक्राउ गरेको हो।

उनीहरूले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउनका लागि सेवाग्राहीसँग घुसबापत १ लाख ५० हजार रूपैयाँ मागेको सूचनापछि अख्तियारको टोली परिचालित भएको थियो।

उक्त टोलीले इन्जिनियर रोकायलाई पोखरा महानगरपालिका–५ बाट र कन्सल्टेन्सीका कुँवरलाई पोखरा महानगरपालिका–८ बाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए। उनीहरू घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ परेको प्रवक्ता घिमिरेले जानकारी दिए।  पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Leave A Reply

Your email address will not be published.