गृहमन्त्रीको योजना – ट्राफिक प्रहरीको बोली नरम, जरिवाना गरम बनाउने

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘ट्राफिक सचेतना विशेष अभियान’को सुरुवात गरेका छन् । काठमाडौंको न्युरोड गेटबाट सुरु भएको र्‍यालीमा सहभागी भई मन्त्री लामिछानेले अभियानको सुरुवात गरेका हुन् ।

काठमाडौंको सभागृहमा आयोजित कार्यक्रममा मन्त्री लामिछानेने अभियानको उद्घाटन पनि गरेका थिए । उनले ट्राफिकलाई दिने गरिएको इन्सेन्टिभ (हाल बन्द) लाई निरन्तरता दिने बताए ।

उनले भने,‘सडकसँग सम्बन्धित सरकारका निकाय र निजी क्षेत्रबीच सार्थक सहकार्य आवश्यक छ । ऐन, कानुन सुधारमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्ता व्यक्त गर्दछु। नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएकाले सडक सुधारमा ध्यान दिनुपर्नेछ। ‘रोड टेष्ट’ बिना लाइसेन्स दिने विद्यमान व्यवस्थामा सुधार गर्नुपर्ने देखिएको छ ।

यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल उपलब्ध गराउन आग्रह, कार्यान्वयनमा लैजादैछौं। अब ट्राफिक प्रहरीको बोली नरम, कारबाही कडा हुनेछ। हाल तिराउने गरिएको जरिवाना बढाउँदैछौं । ट्राफिकलाई दिने गरिएको इन्सेन्टिभ (हाल बन्द) लाई निरन्तरता दिनेछौ्र। चालकसँग १र२ सय लिएर संगठनकै वेइजत नगर्नुहोस् । सरकारले वृति विकासमा ध्यान दिनेछौं । ’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित अभियान एक सातासम्म सञ्चालन हुने छ।

सभ्य सडक संस्कारको माध्यमबाट दुर्घटना न्यूनीकरण तथा सडक र ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेलले बताए । अभियानका क्रममा ‘पैदल यात्रीलाई १ मिनेट र चालकलाई २ मिनेट’समय दिइने उनले बताए ।

सार्वजनिक यातायात सुधारका लागि पुर्व सचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्न यातायात व्यवसायीले माग गरेका छन्। सुधारका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको व्यवसायीहरुले बताएका छन् ।

यस्तै अभियानले धेरैलाई जिम्मेवार नागरिक बनाउन मद्दत गर्न काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डंगोलले बताइन् । ३० वर्ष अघिको सडक ऐनले वर्तमानको आवश्यकता सम्बोधन गर्न नसक्ने भएकाले संशोधन गर्नु पर्ने डंगोलले औंल्याएकी छन् । नेपाल प्रेसबाट

Leave A Reply

Your email address will not be published.