बझाङमा अटो दुर्घटना हुँदा तीनजनाको मृत्यु, एक बालक बेपत्ता

बझाङको बुंगल नगरपालिका–१०, टुमेडामा अटो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा एक बालक बेपत्ता भएका छन् ।

सोमबार बिहान टुमेडा गाउँबाट हिनगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भएर दुर्घटना भएको हो ।

अटो सडकबाट करिब नौ सय मिटर तल भिरमा खसेको प्रहरीको अनुमान छ । अटोमा चारदेखि पाँचजना सवार रहेको बताइएको छ ।

दुर्घटनामा बुंगल नगरपालिका–१० की ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनापछि एक बालक बेपत्ता छन् ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेको छैन । प्रहरी घटनास्थलमा पुगेपछि पूर्ण विवरण आउने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.