तरूण दल सुर्खेतका सदस्य गिरीमाथि गोली प्रहार गर्ने चारै जना कारागार चलान

काठमाडौं– तरूण दल सुर्खेतका सदस्य एवम् निर्माण व्यवसायी विनोद गिरीमाथि गोली प्रहार गर्ने चारै जना कारागार चलान भएका छन् ।

जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा राख्न न्यायाधीश मनोज श्रेष्ठले आदेश दिएअनुसार कारागार चलान भएको बताए । कारागार चलान हुनेमा भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगन्जका मुख्य सुटर १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका २ का १८ वर्षीय इन्द्र विक, १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर ४ का ३७ वर्षीय राजन गिरी छन् ।

फागुन १२ गते साँझ वीरेन्द्रनगर–३ स्थित गैरीगाउँमा विनोद गिरी चढेको वाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा गोली हानिएको थियो । भे ५ प ६०६१ नम्बरको मोटरसाइकलमा आएका केही व्यक्तिले गोली हानेका थिए ।

गिरीले भने प्रहरीले राम्रोसँग अनुसन्धान नगर्दा गोलीकाण्डको मुख्य नाईके खुलेआम घुमिरहेको बताए ।‘प्रहरीले मुख्य योजनाकार प्रकाउ गर्न आलटाल गरेको छ, प्रहरीलाई सबै थाह छ तर पनि किन प्रकाउ गर्न सकेन यो रहस्यमय छ,’ गिरीले भने, ‘भोलि यस्तै अर्को घटना भए को जवाफदेही हुने ।’

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.