कञ्चनपुर ।
भोटेकोशी, त्रिशुली वाढीपीडितका लागि सुदुरपश्चिम विश्वविद्यालयद्वारा शोक व्यक्त गरेको छ ।

सरकारले सोमबार २२ भदौँमा मनाउने राष्ट्रिय शोक दिवस अन्र्तरगत विश्वविद्यालयले पनि मनाएको हो ।

सुप विश्वविद्यालयका उपकुलपति प्राडा किशनदत्त भट्टले जारी गरेको शोक वक्तव्यमा भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाका तटीय क्षेत्रहरूमा ठुलो जनधनको क्षति भएकाले नेपाल सरकारले २२भदौँमा राष्ट्रिय शोक दिवसमनाउने निर्णय गरेकोयस दुःखद् घडीमा सुदूरपश्चिम विश्वविद्यालय परिवार गहिरो दुःख र शोक व्यक्त गरेकोछ ।

दुःखद् घटनाबाट ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकहरूप्रति सुदूरपश्चिम विश्वविद्यालय परिवारको तर्फबाटहार्दिक श्रदाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।साथै, बाढीमा परी घाइते सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लागको कामना गर्दै विस्थापित नागरिकहरूको सुरक्षित पुनर्स्थापनाको कामना गर्दछौँ।कठिन परिस्थितिमाशोकसन्तप्त परिवार तथा सम्पूर्ण प्रभावित समुदायसँग सुदूरपश्चिम विश्वविद्यालय ऐक्यबद्धता प्रकट गर्दछ।साथै, बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य शीघ्र सफल होस् भन्ने कामना गरेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.