बैतडीको पुर्चौडी–४ मा बालिकामाथि हाडनाता करणी, गर्भपतन गर्न नमान्दा जंगलमा लगेर हत्या

काठमाडौं– बैतडीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–४ रातोमाटीमा बालिकाको करणीपछि हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दिपक गिरीले गत वर्षको चैत २६ गते दिउँसो घटना घटेको प्रहरी अनुसन्धानबाट खुलेको  जानकारी दिए। उनका अनुसार दिउँसो २ बजेको समयमा ती बालिकामाथि आफ्नै काका नातापर्नेले करणी गरेका थिए।

त्यसपछि २८ गते बिहान १० बजे मृतक बालिकाको लास भेटिएको थियो। प्रहरी अनुसन्धानमा देखिएअनुसार २६ गते आफ्नै घरबाट एक वर्ष अगाडि भागी विवाह गरेकी वर्ष १७ कि बालिका हराएकोमा खोज तलास थालिएको थियो।

सोही क्रमामा २८ गते मृतकको लाश सोही स्थानस्थित जंगलमा फेला परेको थियो।

त्यसपछि ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको कमाण्डमा अनुसन्धान अधिकृत सहितको टोली घटनास्थलमा पुगेर घटनास्थल तथा लाशको जाँच गर्दा टाउकोमा चोट लागेको अवस्थामा लाश फेला परेको थियो।

त्यसपछि मृतक बालिका गर्भवतीजस्तो देखिएकोमा डडेल्धुरा अस्पतालमा लाश पोष्टमार्टम गर्दा अन्दाजी उनको गर्भमा १८ हप्ताको बच्ची रहेको खुलेको थियो।

घटनाको थप अनुसन्धान गर्दा मृतक बालिकाको श्रीमान २०८० साल साउन महिनादेखि भारतमा रहेको र बालिकाको एकाघरको वर्ष ३० को काकाले ललाईफकाई डर धाकधम्कीसमेत दिएर पटकपटक करणी गर्दा गर्भवती भएको खुलेको हो।

त्यसपछि गर्भपतन गराउन स्थानीय स्वास्थ्य चौकीमा प्रयास गर्दा असफल भएपछि ती काकाले बालिकालाई जंगलमा बोलाएर ढुंगाले हानेर हत्या गरेको प्रहरीको भनाई छ।

त्यसपछि हत्या आरोपितविरुद्ध किटानी जाहेरी दर्ता भएकोमा हिजो (सोमबार)कसुरदारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.