सुनको मूल्य स्थिर

काठमाडौं– बजारमा आज सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।

आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य भने घटेको छ।

महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन चाँदी प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.