नेविसंघको आज स्थापना दिवस : ७५३ पालिकालाई बुझाइयो शैक्षिक सुधारको ज्ञापनपत्र

खाेप
HEALTH

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो ५५ औँ स्थापना दिवसमा स्थानीय तहलाई शैक्षिक सुधारका लागि सुझावसहितको ज्ञापन पत्र बुझाएको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले ७५३ वटा पालिकामा शैक्षिक सुधारका लागि सुझावसहितको ज्ञापन पत्र बुझाउने काम भएको बताए । उपनिर्वाचनको सिलसिलामा इलाममा पुगेका शेर्पाले इलाम नगरपालिकाका मेयर केदार थापालाई ज्ञापन पत्र बुझाएका हुन् ।

आत्महत्या

अध्यक्ष शेर्पाका अनुसार ज्ञापन पत्र बुझ्दै मेयर थापाले नेविसंघको माग अनुसार ‘स्किल अफ फ्राइडे’ र लागू औषध मुक्त नगरपालिका बनाउने बताएका थिए । सबै पालिकामा नेविसंघले ज्ञापन पत्र बुझाइसकेको उनले बताए ।

Susite

काठमाडौँ महानगरमा ज्ञापन पत्र बुझाउन पुगेका नेविसंघका केन्द्रीय सदस्य विनोदराज जोशी र परोपकार अधिकारीले शिक्षा क्षेत्रमा प्रसंशनीय कार्य गरेता पनि अझै थुप्रै विषयहरूमा काम गर्नुपर्ने बताएका थिए । देशभरका पालिकामा नेविसंघले केन्द्रीय समितिको निर्णयअनुसार १७ बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएको छ । यस्तै दार्चुलाका ९ ओटै पालिकाहरुमा पनि नेबि संघले ज्ञापन पत्र बुझाएको छ ।
दार्चुलाको लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, शैल्यशिखर नगरपलिका, मार्मा गाउँपालिका, अपी हिमाल गाउँपालिका, दुहु गाउँपालिका, ब्यास गाउँपालिका, र महाकालि नगरपालिकामा पनि नेबिसंघले ज्ञापन पत्र बुझाएको हो

मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीलाई ज्ञापनपत्र बुझाउँदै

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.