धनगढीको मायामेट्रो अस्पतालमा बिरामी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव

काठमाडौं– धनगढीको मायामेट्रो अस्पतालमा एक बिरामीको मृत्यु भएको छ। आज (मंगलबार) बिहान ५ बजेको समयमा अस्पतालमा उपचाररत एक महिला बिरामीको मृत्यु भएको हो।

सुरक्षा स्रोतका अनुसार बझाङको थलारा गाउँपालिका ६ की ४२ वर्षीया बाटुली धामीको उपचारका क्रममा मृत्यु भएको हो। पाठेघरको समस्या देखिएर १० गते अस्पताल भर्ना भएकी उनको अपरेसनपछि मृत्यु भएको बताइएको छ।

उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। यस्तै अहिले अस्पताल तनाव भएपछि प्रहरी परिचालन गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.