दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा रहेको दुदुलिगाड सामुदायिक बनमा आगलागी भएको छ । बुुधबार बिहानैबाट बनमा आगलागी भएको हो । आगलागीबाट खानेपानी पाईपहरुमा क्षेत्री पुगेको छ ।
स्थानीय अर्जुन सिंह धामीका दुईओटा खरका कुन्नीया समेत जलेर नष्ट भएको बिनाेद सिंह धामीले बताए ।सामुदायिक बनमा लागेको आगोले बनमा रहेका बोटबिरुवाहरु जलेर नष्ट भएको स्थानीय धामीले बताए ।अहिले स्थानीयहरु मिलेर सामुदायिक बनमा लागेको आगोलाई नियन्त्रणमा लिईएको बताईएको छ ।