दार्चुलाको मालिकार्जुन गाउँपालिका- ७ मा प्रथम वडाध्यक्ष क्रिकेट प्रतियोगिता उद्वघाटन

दार्चुला – दार्चुलामा प्रथम वडा अध्यक्ष क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा ७ जोलजिवीमा प्रथम वडा अध्यक्ष क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको हो ।

वडा कार्यालयको आयोजनामा क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको वडा नम्बर ७ वडा अध्यक्ष बहादुर चन्द्ले बताए ।

उद्घाटन कार्यक्रममा वडा कार्यालयका वडा अध्यक्ष बहादुर चन्दको अध्यक्षता एवम निवर्तमान गाउँपालिका अध्यक्ष तथा नेपाली काग्रेश दार्चुलाका नेता नरेन्द्र सिह धामीको प्रमुख आर्थित्यतामा प्रथम वडा अध्यक्ष क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको वडा कार्यालयले जनाएको छ ।

क्रिकेट प्रतियोगिता संञ्चालनका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा ७५ हजार रुपैया बजेट विनीयोजन गरेको थियो ।सोही बजेट मार्फत आज प्रतियोगिताको उद्घाटन गरिएको वडा अध्यक्ष चन्द्ले बताए ।

प्रतियोगिता बैशाख १५ गतेसम्म सञ्चालन हुने आयोजक वडा कार्यालयले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार मेडल प्रमाण पत्र तथा द्धितिय स्थान प्राप्त गर्ने टिमलाई रु १५ हजार रुपैयाँ,मेडल प्रमाण पत्र प्रदान गरिने वडा अध्यक्ष चन्दले बताए ।

प्रतियोगितामा ५ टिमको सहभागिता रहेको छ ।उद्घाटन कार्यक्रममा विभिन्न राजनितिक दलका नेताकार्यकर्ता खेलाडी तथा सुरक्षाकर्मी संगै स्थानीयहरुको सहभागिता रहेको थियो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.