कञ्चनपुरमा जासुसका एक कर्मचारीसहित ११ जना जुवाडे प्रहरीको फन्दामा

काठमाडौं– कञ्चनपुरमा रेष्टुरेन्ट सञ्चालकसहित ११ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका—६ ऐठपुर बस्ने ४६ वर्षीय लालबहादुर सिंहले सोही ठाँउमा सञ्चालन गरेको कालिका रेष्टुरेन्टबाट सिंहसहित ११ जना जुवाडे पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा नेपालको जासुस संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी समेत रहेका छन्। यसरी पक्राउ पर्नेमा विभागका कर्मचारीसमेत रहेका भीमदत्त नगरपालिका–६ घर भएका सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलका पुत्र निरज रावल रहेका छन्।

यस्तै रावलसहित भीमदत्त नगरपालिका–६ का डम्मर भट्ट, धर्मराज जोशी, भीमदत्त नगरपालिका-७ का बलदेव भट्ट, भीमदत्त नगरपालिका–४ का राजेश सोनी, भीमदत्त नगरपालिका–१९ का अमिर बिष्ट, कोहलपुरका सुरत बहादुर शाही, शुक्लाफाटा रामदत्त भट्ट, भीमदत्त नगरपालिका–१८ का आशिष खत्री र वडानम्बर ५ का धिरेन्द्र बहादुर सिंह रहेका छन्।

उनीहरु रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा समातिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी उमेशराज जोशीले बताए।

उनका अनुसार उनीहरूबाट ५७ हजार ३२९ नगद र १३१ पत्ति तास बरामद गरिएको थियो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ। उनी प्रदेश प्रहरी कार्यालय हेटौडा दरबन्दी रही काजमा महेन्द्रनगरको गड्डाचौकी हेर्नेगरी खटाइएका थिए ।

Leave A Reply

Your email address will not be published.