एक युवकद्वारा साथीको गर्धनमा हँसिया प्रहार

दार्चुला– दार्चुलामा आफ्नै साथीमाथि एक युवकले हँसिया प्रहार गरेका छन् । जिल्लाको व्याँस गाउँपालिका–२ दुम्लिङका २३ वर्षीय सन्दीप भण्डारीमाथि महाकाली नगरपालिका–४ बस्ने २० वर्षीय बिजय निरौलाले धारिलो हतियार हँसिया प्रहार गरेका हुन् ।

बिहिवार राती ९ बजेको समयमा खलंगास्थितको प्रेम सिंह शालिक नजिक दुबै साथी बीच एक आपसमा बिबाद हुँदा निरौलाले भण्डारीको गर्धनमा एक्कासी हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

हँसिया प्रहारबाट भण्डारीको पछाडीको भाग गर्धनमा ठूलो घाउ परेको छ ।  घाइते भण्डारी खतरामुक्त रहेको डाक्टरहरुले बताएका छन् ।

घटनापछि निरौला फरार रहेको तथा शुक्रवार बिहानै निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

घाइते भण्डारीलाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचार पश्चात थप उपचार र सिटि स्क्यानका लागि भारतीय अस्पताल पठाइएको छ ।

Leave A Reply

Your email address will not be published.