बझाङमा कांग्रेशको अग्रता

काठमाडौं– बझाङमा एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म कांग्रेस उम्मेदवार अभिषेक सिंहले २३१ मतले लिड गरिरहेका छन् ।

सिंहले ८ हजार ६२६ मत पाउँदा एमाले उम्मेदवार दमन भण्डारीले ८ हजार ३९६ मत ल्याएका छन् । अहिलेसम्म माओवादीका उम्मेदवार जनक बुढाले ३ हजार १५३ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार २८७ मत पाएका छन् ।

अहिले सम्म जयपृथ्वी नगरपालिका, खप्तड छान्ना, छविसपाथिभेरा, थलारा र सुर्माको सबै वडाको मतगणना सकिएको छ भने मस्टाको १ देखि ५ सम्मको वडाको गणना सकिएको छ ।

Leave A Reply

Your email address will not be published.