एमाले स्कुल विभागले दार्चुलाका नेता कार्यकर्तालाई प्रशिक्षण दिदै, प्रशिक्षण शूल्क पच्चीस सय

दार्चुला– नेकपा एमाले केन्द्रीय स्कुल विभागले दार्चुलाका नेता कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ ।केन्द्रीय स्कुल विभागको आयोजना र प्रदेश स्कुल विभागको समन्वयमा जिल्ला कमिटी दार्चुलाले प्रशिक्षण कार्यक्रम संञ्चालन गर्न लागेको हो ।

प्रशिक्षणका लागि नेकपा एमालेका उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, केन्द्रीय कमिटि सदस्य एवं स्कुल विभागका सचिव धनश्याम कोइराला, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं कैलाली इन्चार्ज गणेश सिंह ठगुन्ना, पोलिट ब्युरो सदस्य एवं प्रदेश स्कुल विभागका संयोजक राजेन्द्र सिंह रावल, स्कुल विभाग सदस्य सुन्दर कुमार लामिछाने, प्रदेश कमिटि अध्यक्ष कृष्ण प्रसाद जैशी, केन्द्रीय कमिटी सदस्य एवं दार्चुला जिल्ला इन्चार्ज सहदेब बोगटीसहितको टोली दार्चुला पुगेको छ । प्रशिक्षण कार्यक्रम आजदेखि पर्सीसम्म (तीन दिन) चल्नेछ ।

एमाले जिल्ला कमिटि सदस्य, पदाधिकारी, नगरपालिका तथा गाउँपालिका कमिटीका अध्यक्षहरुलाई प्रशिक्षण दिइने नेकपा एमाले जिल्ला कमिटि सचिव उमेश राज जोशीले जानकारी दिए । यो प्रशिक्षण सशुल्क हुने जनाइएको छ । प्रशिक्षण शूल्क २ हजार ५ सय तोकिएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.