सुदूरपश्चिममा सरकार विस्तार, नाउपाकी टीका थापा बनिन् कृषी मन्त्री

काठमाडौं– सुदूरपश्चिम सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन् ।

थापालाई आजै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन् । थापाले आफूलाई बिना विभागीय मन्त्री बनाउन खोजिएको भन्दै मुख्यमन्त्री सोडारीलाई समर्थन गरेको २४ घण्टा नबित्दै फेसबुकबाट समर्थन फिर्ता लिएको बताएकी थिइन् ।

फुल मन्त्री पदको बार्गेनिङका लागि फेसबुकमा घुर्की लगाएकी थापा अन्ततः कृषि मन्त्री बनेकी हुन ।

Leave A Reply

Your email address will not be published.