दार्चुलाकी निर्मलाले राजधानीमा बृक्षारोपण गरी मनाईन् जन्मदिन

काठमाडौं– दार्चुलाको शैल्यशिखर नगरपालिका– ५ घर भएकी निर्मला रावलले राजधानीमा बृक्षारोपण गरी जन्मदिन मनाएकी छिन् ।

तराई बिकास तथा संञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै उनले आज काठमाण्डौँको तिनकुनेमा बृक्षारोपण गरी जन्मदिन मनाएकी हुन् ।
आफ्नो जन्मदिनमा यो अभियानसंग जोडिएर बृक्षारोपण गर्न पाउदा ज्यादै खुसी लागेको उनले बताईन् ।‘अहिलेसम्मका जन्मदिनहरुमा मैले केक काटेर जन्मदिन मनाए पनि अबका जन्मदिनहरुलाई सत्कर्मसंग जोडेर मनाउने छु । अबका हरेक जन्मदिनलाई सत्कर्मसंग जोड्न हामी युवाहरुले एकजुट भएर अगाडी बढ्न आवश्यक छ’ उनले भनिन् ।

हरेक ब्यक्तिले आफ्नो जन्मदिनमा एक–एक बिरुवाको पनि रोपण गरेमा ‘हरियो बन नेपालको धन’ भन्ने नाराले पनि पुर्ण रुपमा सार्थकता पाउने उनले बताईन् । साथै उनले रौतहटबाट सुरु भएको यो अभियानलाई आफ्नो गृह जिल्ला दार्चुलामा पनि लागू गर्ने बताईन् ।

यस्तै, आयोजक संस्थाका अध्यक्ष तथा उक्त अभियानका संयोजक गोबिन्दप्रसाद चौलागाईले जन्मदिनको उपलक्ष्यमा शुभकामना पनि ब्यक्त गरेका थिए । बृक्षारोपणमा साथ दिन नवलपरासी जिल्ला घर भई अध्ययनको सिलसिलामा काठमाण्डौ बस्दै आएकी बिना ढुङ्गाना, हिमाली फर्निचर उद्योगका संञ्चालक तथा ब्यवसायी अच्युत लामिछाने, यो अभियानका अभियन्ता मनोज थापा, रामेछाप जिल्ला घर भई काठमाडौंमा बस्दै आएका दिपक प्रधान, बिद्यार्थीहरु लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो ।

उक्त अभियानले दुई महिनाको अवधिमा लाखौं मानिसको सामुहिक अभियान बनेसंगै राष्ट्रिय अभियानको रुप लिएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.