कैलालीमा नुहाउने क्रममा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु

काठमाडौं– कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.