कांग्रेसले राष्ट्रियसभा बैठक पनि चल्न नदिने

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गर्ने जनाएको छ । राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँगको छलफलमा राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा अवरोध नगर्ने तर धन्यवाद प्रस्तावका लागि बस्ने बैठक चल्न नदिने पार्टीको निर्णय सुनाए ।

अध्यक्ष नारायण दाहालले संयुक्त बैठक र त्यसपछिको राष्ट्रियसभाको बैठक सञ्चालनबारे छलफल गरेका थिए ।

दाहालले राष्ट्रियसभाको गरिमा, पहिचान स्थापित गर्न तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउनु राम्रो नहुने बताए । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले सदनको कार्यसूचीमा प्रवेश गर्न नदिने निर्णय गरिसकेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.