सहकारी ठगी, विद्यालय शिक्षा विधेयक र टिंकर सडक समेट्दै बुझायो नेविसंघले ज्ञापन

दार्चुला- नेविसंघ दार्चुलाले सहकारी ठगी, विद्यालय शिक्षा विधेयक र टिंकर सडकबारे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । केन्द्रीय परिपत्र अनुसार मंगलवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको नेविसंघ दार्चुलाका कार्य बाहक अध्यक्ष दीपक खातीले जानकारी दिए ।

६ बुद्धे ज्ञापनपत्रमार्फत सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दीगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानूनी कारवाही गर्न माग गरेको छ ।
सहकारी ठगीमा संलग्न सहकारी संस्था, सदस्य र सहकारीको रकम दूरुपयोग गरि अपचलन गर्ने कार्यमा संलग्न सम्बन्धित व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानविन समितिको नेविसंघले माग गरेको छ ।

यस्तै विद्यार्थी केन्द्रीय आवश्यक परिमार्जन एंव संशोधनसहित विद्यालय शिक्षा विधेयक २०८० तत्काल लागू गर्न, उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरि देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरीय, मर्यादित र उपलब्धिमूलक बनाउन विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजिकरण र व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न माग गरिएको छ ।

नेविसंघले अर्को बुद्धामा त्रिदेशीय सीमा क्षेत्रको राष्ट्रिय स्वाभिमान र महत्व जोडिएको दार्चुला–तिंकर सडक खण्डको निर्माण कार्य द्रुत गतिमा अगाडी बढाउन आगामी आर्थिक वर्षमा उक्त सडक खण्डलाई महाकाली कोरीडोरबाट अलग गरी छुट्टै बजेट शीर्र्षक राखि प्रयाप्त बजेटको व्यवस्था गर्न र तीनै तहका सरकार बीच एकिकृत एव समन्वयात्मक बजेट व्यवस्थापन तथा कार्ययोजनासहित दुम्लिङ–तिंकर घोरेटो बाटो निर्माण गर्न माग गरिएको उल्लेख गरेको छ ।

Leave A Reply

Your email address will not be published.