फोहोर बोक्ने ४ जना चालक रिहा नभएसम्म सिंहदरबारलगायत पार्टी कार्यालय र नेताको घरको फोहोर नउठाउने मेयर बालेनको चेतावनी
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले फोहोर बोक्ने आफ्ना ४ जना चालक रिहा नभएसम्म फोहोर नउठाउने जनाएको छ । सोमबार काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेख्दै चालक रिहा नभएसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् ।
उनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन ।’ को–को जुध्न आउने हो आए हुन्छ भन्दै मेयर शाहले कसैलाई बाँकी नछोड्ने उल्लेख गरेका छन् ।