कांग्रेसको माग अनुसार गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति

काठमाडौं– कांग्रेसको माग अनुसार गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति भएको छ ।

छानबिन समितिको टीओआर बनाउनका लागि गठित कार्यदलमा आज यो सहमति भएको हो । कार्यदल बैठक सुरू हुनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि शिशिर खनालले आफ्नो सभापति टीओआरमा नाम राख्न सहमत भएको जानकारी गराएका थिए । अहिले सहमतिको ड्राफ्ट गर्ने कार्य भइरहेको स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.