इज्जिनियर्स एशोसिएसन नेपाल डिन दार्चुला द्वारा बृद्धाश्रमलाइ फलफुल र खाद्यान्न वितरण

 दार्चुला – दार्चुलाको दोस्रो ठुलो गोकुलेश्वर अस्पतालमा फलफुल विरतण गरिएको छ । शैल्यशिखर नगरपालिका वडा ९ मा रहेको गोकुलेश्वर अस्पतालमा डिप्लोमा इज्जिनियर्स एशोसिएसन नेपाल डिनको ४४ औँ बर्षिकोत्सवको उपलक्ष्यमा विरामीहरुलाई फलफुल विरतण गरिएको हो ।
शुक्रबार आज एक औपचारीक कार्यक्रमको आयोजना गदैँ इज्जिनियर्स एशोसिएसन नेपाल डिन जिल्ला काॠ समिति दार्चुलाले विरामीहरुलाई फलफुल बितरण र गोकुलेस्वरमा रहेको ओमशान्ती बृद्ध आस्रमलाई खाद्यान्न झुल र फलफूल विरतण गरेको इज्जिनियर्स एशोसिएसन नेपाल डिनका प्रदेश समिति सचिव सुमेरु बिक्रम धामीले जानकारी दिनुभयो ।

सस्तो सुलभ र बैज्ञानिक प्रविधिको विकास गरौ भन्ने मुलनाराका साथ ४४ औँ बर्षिकोत्सवको उपलक्ष्यमा विरामीहरुलाई फलफुल र झुल विरतण गरिएको आयोजकले जनाएको छ ।

फलफुल खाद्यान्न तथा झुुल विरतण कार्यक्रममा जिल्ला अध्यक्ष शुनिल रावल र प्रदेश समिति सचीब सुमेरु बिक्रम धामी तथा अन्य सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

Leave A Reply

Your email address will not be published.