१७ बर्षपछि शिक्षक जोशीको सरुवा, विद्यालयले गर्‍यो भब्य विदाई

दार्चुला– दार्चुलाको एक विद्यालयमा कार्यरत शिक्षकको १७ वर्षपछि सरुवा भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ मा रहेको बडिपुर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक जयानन्द जोशीको लेकम गाउँपालिकाकै वडा नम्बर ५ मा रहेको ऐडिवाग माध्यामिक विद्यालय मैखोलीमा सरुवा भएपछि उनको भव्य विदाइ गरिएको हो ।

बडिपुर माध्यमिक विद्यालय सर्माेलीमा निमावि तृतीय श्रेणीमा गणित विषयका शिक्षक जोशीको सोमबार एक कार्यक्रमका बीच विद्यालयले विदाई गरेको प्रधानाध्यपक प्रमानन्द बिष्टले जानकारी दिए ।

२०६३ साल कार्तिक ९ गते बडिपुर माध्यमिक विद्यालयमा हाजीरी भई २०८१ साल जेठ १३ गतेसम्म विद्यालयमा सेवारत रहेका थिए । शिक्षक जोशीले १७ वर्ष लामो समय एउटै विद्यालयमा सेवा गर्न पाउँदा र अर्को ठाउँमा सरुवा भएर जादाँ आफूले पाएको माया , साथ र हौसलाले थप उर्जा मिलेको बताए । उनले यस विद्यालयमा रहदाँ सहकर्मी साथीहरु , विद्यार्थी र स्थानीयको भरपूर साथ र सहयोग पाएको समेत बताए ।

उनले नयाँ ठाउँमा जादाँ पनि यस्तै साथ सहयोग मिल्नेमा विश्वस्त रहेको बताए । लामो समय बडिपुर मा.विमा अध्यापन गराइरहेका जोशीको सरुवाले विद्यालयमा एक योग्य र पाका शिक्षकको अभाव खड्किरहने स्थानीयले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.