चौलानी नदिबाट अबैध रुपमा गिट्टी–बालुवा निकासी हुदै

दार्चुला।  दार्चुला तथा बैतडीको सीमा भएर बग्ने चौलानी नदिबाट अबैध रुपमा बालुवा तथा गिट्टी निकाल्ने गरेको पाईएको छ । नदि क्षेत्रको लेकम गाउँपालिका वडा नम्बर १ चोचेबगड क्षेत्रमा अबैध रुपमा नदिबाट बालुवा तथा गिट्टी निकाल्ने काम नरोकिएको लेकम गाउँपालिका वडा नम्बर १ का स्थानीय दिपक साउदले जानकारी दिनुभयो ।

स्थानीय सरकार आएपछि नदि नाला, वनजंगल स्वामित्व र संरक्षणको जिम्मेवारी स्थानीय तहले पाएका छन । स्थानीय सरकार गठन भए पछि त्यस्ता प्राकृतिक सम्पतीको संरक्षणको आशामा रहेका नागरीकहरु स्थानीय तहले त्यस तर्फ ध्यान नै नदिदा झनै चिन्तीत बनेका छन ।

नदिजन्य उत्खन्नको लागी स्थानीय तहले वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार पारेर अनुमती दिए पछि मात्रै ढुंगा, गिट्टी, बालुवा, माटो झिक्न पाइने मापदण्ड भएपनि नदीबाट त्यस क्षेत्रमा कुनै मापदण्ड विनै धमाधम बालुवा उत्खन्न भइरहेको स्थानीयहरुले गुनासो गरेका छन ।

नदि क्षेत्रबाट भइरहेको अबैद्य उत्खन्नको बारेमा लेकम गाउँपालिका वडा नम्बर १ मा रहेको जागृती युवा समाज लेकम १ सर्मोलीले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ। पटक पटक गाउँपालिकाका जनप्रतिनिधिहरु संग अबैध उत्खन्न रोक्न माग गरे पनि गाउँपालिकाले ध्यान नदिएकोले गाउँपालिकाको ध्यानाकर्षण गराएको जागृती युवा समाज लेकमले जनाएको छ।

हरेक बर्ष उक्त क्षेत्रबाट अबैध रुपमा मनोमानी ठंगले बालुवा, ढुङ्गा, गिट्टी लगायतका नदि जन्य पदार्थ उत्खन्न भईरहेको स्थानीय साउदको भनाई छ । उहाँका अनुसार अबैध रूपमा अन्धाधुन्ध नदीजज्य बस्तु उत्खनन् हुँदा नदीले वर्षातमा धार परिर्वतन गर्दा उक्त क्षेत्रमा रहेको खेल मैदान समेत उच्च जोखिममा परेका छ ।

गत बर्ष नै यो विषयमा लेकम गाउँपालिका र प्रहरीलाई जानकारी गराएको भए पनि कुनै सुनुवाई नभएको स्थानीयहरुको भनाई छ। गाउँपालिकाले नदि जन्य पदार्थ उत्खन्नमा ध्यान नदिदा वर्षेनि लाखौ रुपैँया राजस्व समेत गुमाई रहेको छ।

No description available.

Leave A Reply

Your email address will not be published.