सुदूरपश्चिमका दुई ठूला सिँचाई आयोजनाका लागि ४ अर्ब ८७ करोड बजेट विनियोजन

काठमाडौं– संघीय सरकारले सुदूरपश्चिमका दुई ठूला सिँचाई आयोजनाका लागि बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेटमा राष्ट्रिय गौरवको आयोजना रानी–जमरा कुलिया सिँचाई र महाकाली सिँचाई आयोजना तेस्रो चरणका लागि चार अर्ब ८७ करोड बजेट विनियोजन गरेका छन्।

कैलालीको १४ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा विस्तार गर्न रानी–जमरा–कुलरिया सिँचाई आयोजनाका लागि दुई अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ। त्यस्तै कञ्चनपुरमा राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाई तेस्रो चरणका लागि दुई खर्ब बजेट विनियोजन गरिएको छ।

संघीय सरकारले राजी–जमरा–कुलरिया र महाकाली सिँचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाभित्र समावेश गरेको छ। अर्थमन्त्री पुनले धनगढी विमानस्थलको स्तरोन्नती गरिने भन्दै बजेट भाषणमा उल्लेख गरेको भए पनि बजेट उल्लेख गरिएको छैन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.