दार्चुलामा यार्सागुम्बा खोज्न गएका एक युवकको भीरबाट लडेर मृत्यु

दार्चुला– दार्चुलामा यार्सागुम्बा खोज्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको हो ।

अपिहिमाल गाउँपालिका–३ स्थितको काँटै दोनथे भन्ने वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार कार्कीको मृत्यु भएको अपिहिमालका स्थानीय शोवन सिंह लोथ्यालले जानकारी दिए । यार्सा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.