दार्चुला । दार्चुलामा चालु आर्थिक बर्ष २०७८÷०७९ को हाल सम्म २ वटा बालविवाहका मुद्दा दर्ता भएका छन्। जिल्लाको लेकम गाउँपालिकाबाट चालु आर्थिक बर्षको हाल सम्म २ वटा बालविवाह विरुद्धका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
बालविवाह न्युनिकरणको लागी विभिन्न कार्याक्रमहरु सञ्चालन भए पनि बालविवाह नियन्तण चुनौतीपुर्ण बन्दै गएको छ। २० बर्ष नपुगी गरिने बिवाहलाई कानुनले मान्यता नदिने र अपराध भने पनि जिल्लामा बालविवाह रोकिएको छैन ।
मुलुकी संहिता एन २०७४ मा २० बर्ष नपुगी गरेको बिवाहलाई बालविवाह भनिएको छ, भने २० बर्ष नपुगी गरेको बिवाह सोत बदर हुने व्यवस्था गरिएको छ। बालविवाह अन्यका लागी जिल्लाका स्थानीय तहहरुले बजेट नै विनियोजन गरि कार्यक्रम सञ्चालन गरिरहेका छन, तर ती कार्याक्रमहरु प्रभावकारी नभएको स्थानीय बाल अधिकार कर्मीहरुको भनाई छ ।
जिल्लामा प्रेम सम्बन्ध, देखासिखी, सामाजिक सञ्चालको बढ्दो दुरुपयोग, गरिबी, अशिक्षा जस्ता कारणले बालविवाह हुने गरेको प्रहरीको भनाई छ। जिल्लामा बालविवाह भए पनि धुप्रै मुद्दाहरु प्रहरी सम्म नपुग्ने गरेको स्थानीयहरुको भनाई छ। बालविवाह न्युनिकरणको लागी स्थानीय तह संगै जिल्ला प्रहरी कार्यालय दार्चुला, विभिन्न संघ सस्थाहरुले कार्यक्रम सञ्चालन गरिरहेका छन ।