दुर्गम बस्तीका लागि टिभी टुडेका अध्यक्ष पन्तले गरे स्टेचर सहयोग

दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका–६ अन्तर्गत मिलमिली बस्तीको लागि टिभी टुडेका अध्यक्ष तथा निर्देशक डा.जनक राज पन्तले ४ थान स्टेचर सहयोग गरेका छन। डा.पन्तको सहयोगमा देवभुमी प्रगतिशील युवा समाज मिलमिलीले टोलटोलमा स्टेचर बितरण गरेको देवभुमी प्रगतिशील युवा समाजका संयोजक गणेश सिंह धामीले बताए। संयोजक धामीले केही समय अगाडि फेसबुक मार्फत सडकको पहुच बाट टाढाका बस्तीका लागि स्टेचर सहयोग गर्न अपिल गरेका थिए।

गाउँमा स्टेचर नहुदा कोहि बिरामी भएभने खाटमा बोकेर सडको पहुच भएसम्म पुगाउनु पर्ने बाध्यता रहेको थियो। ग्रामीण क्षेत्रमा कच्ची सडक पुगेका भएपनी सवारी साधन गुड्दैनन् । पनेबाज मिलमीली तिखाधार सडक केही बर्ष अगाडि काटिएको भएपनि गतबर्षको असार देखि पहिरो सफा नगर्दा बन्द अवस्थामा रहेको छ। उक्त सडक गतबर्षको वर्षातका कारण छेदबिच्छेद बनेको छ ।

स्थानीय सरकार आइसकेपछि गाउँ—गाउँमा ग्रामीण सडक पुगेपनी पहिरो सफा नगर्दा ग्रामीण सड्क अलपत्र अवस्थामा रहेका छन। भत्केको सडक मर्मत नगर्दा स्थानीयले निक्कै सास्ती बेहोर्नु परेको छ।
अझै गाउँबाट स्वास्थचौकी र पक्की सडको पहुच सम्म बिरामीदेखि सुत्केरी लैजान स्टेचर नहुदा खाटमा बोकेर लैजानु पर्ने बाध्यता रहेको छ। सडकको पहुच नपुगेका गाउँका लागि अहिले पनि स्टेचरनै स्तरीय सवारी हुन् ।

सडक पुगेका तर गाडी पुग्न नसकेका बस्तीका बिरामी, सुत्केरीहरुको राहतका लागि स्टेचर सहयोग गरेको डा।पन्तले बताउनु भयो। उहाँका अनुसार गाउँमा स्टेचर नभएको गुनासो आएपछि आफ्नै लगानीमा स्टेचर खरिद गरेर वितरण गरेको जानकारी दिए। वनपाखा, जङ्गलमा दाउरा घाँस काट्न जाँदा भिर र रुखबाट लडेर घाइते भएका बिरामीलाई समयमै उद्दार गर्न टोल—टोलमा स्टेचर भएपछि धेरै सहज हुने देवभुमी प्रगतिशील युवा समाजका अध्यक्ष बिष्णु सिंह धामीले बताए। गाउँमा स्टेचर पाएपछि मिलमिलीका स्थानीय खुसी भएका छन् ।

Leave A Reply

Your email address will not be published.