दार्चुलाबाट थापासहित २ दर्जन बढी सैनिक बेपत्ता

काठमाडौं- नेपाली सेनाबाट वैशाखदेखि हालसम्म दुई दर्जन बढी सैनिक बेपत्ता भएको पाइएको छ। स्रोतका अनुसार यो वर्षको सुरुवातदेखि नै देशभर विभिन्न स्थानमा कार्यरत २ दर्जनबढी सैनिक गायब भएका हुन्।

जसमा सिपाही सुमन थापा वैशाख २९ गतेबाट लापत्ता छन्। यस्तै घर बिदामा बसेका सिपाही टिकाराम तामाङ जेठ १ गतेदेखि बेपत्ता छन्। यस्तै अर्का सिपाही दिलिप कुमाल पनि घरमा समस्या भएको भन्दै वैशाख १० गते बिदामा गएदेखि कार्यालय फर्केका छैनन्। उता तालिमको टर्म ब्रेकमा घर गएका सिपाही राज लोनियाको कुनै अत्तोपत्तो छैन।

सेनाको लजिष्टिक केन्द्रतर्फ काजमा खटिएका नम्बर २८ बाहिनी अड्डाका सिपाही लक्ष्मी यादव पनि बेपत्ता नै छन्। दिवा बिदामा छाडिएका सिपाही ज्ञानेन्द्रकुमार राउत, सिपाही प्रविन खत्री र सिपाही नवीन वली पनि गायव छन् ।

यस्तै सिपाही पवन खड्का, महेश थापा, निरुता गुरुङ सुदिप परियार पनि बेपत्ता भएको बताइएको छ। यस्तै उता दार्चुला टिंकर (कोठधार–टिंकर) सडक आयोजनाको काजमा खटिएका सिपाही प्रशान्त थापा एक महिना घर बिदा सकेर वैशाख २७ गते हाजिर हुनुपर्ने थियो। तर उनी सम्पर्कमा नआएको बताइन्छ।

त्यस्तै सिपाही यादव विश्वकर्मा, विपना खड्का, पृथ्वीबहादुर बोहोरा र प्युठ दीपेन्द्र बस्नेत पनि लापता छन्। यसबीच, सिपाही तेजेन्द्रसिंह राजवंशी, सिपाही रुद्रबहादुर पौडेल पनि बेपत्ता छन्। सेनाले उनीहरूको खोजीका लागि प्रहरीलाई गुहारेको र प्रहरीले खोजी गरिरहेको बताइएको छ। महेन्गर पोष्टको सहयोगमा 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.