काठमाडौं– इजरायल र प्यालेस्टिनीबीच आठ महिनाभन्दा बढीको युद्धमा गाजा क्षेत्रमा ३७ हजार ८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।
नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा कम्तिमा २७४ जनाको मृत्यु भएको छ भने जसमा चार बन्धकहरूलाई जीवित उद्धार गरिएको हो । एको अक्टोबर ७ मा युद्ध सुरू भएदेखि थप ८४ हजार ४९४ जना घाइते भएको मन्त्रालयले जनाएको छ।