शैल्यशिखरका वडा अध्यक्ष जोशीले आफ्नै वडामा अनुगमन गरेवाफत भत्ता खाएपछि…

दार्चुला– शैल्यशिखर नगरपालिकाका एक वडाअध्यक्षले आफ्नै वडाका विद्यालय अनुगमन गरेबापत २७ हजार रकम बुझेका छन्। वडा नम्बर ८ का वडाध्यक्ष केशवदत्त जोशीले ८ कै विद्यालयहरू अनुगमन गरेर २७ हजार रकम बुझेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा वडाध्यक्ष जोशीले आफ्नै वडाका विद्यालयहरू अनुगमन गरे बापत २७ हजार रकम बुझेको र सो रकम एउटै वडाभित्र भ्रमण खर्च नमिल्ने देखिएकले असुल उपर गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिवेदनमा भनिएको छ,‘वडा नं ८ का वडाध्यक्षलाई वडा विद्यालयहरु अनुगमन गरेको भनी भुक्तानी भएको छ । एउटै वडाभित्र भ्रमण खर्च लेख्न नमिल्ने देखिएकाले निज वडाध्यक्ष केशवदत्त जोशीबाट उक्त २७ हजार असुल गर्नुपर्ने प्रतिबेदनमा उल्लेख गरिएको छ ।

यस विषयमा वडाध्यक्ष केशवदत्त जोशीलाई बुझ्दा उनले वडाभित्रका सम्पुर्ण विद्यालयहरुमा अनुमगन गरेको र आफ्नै वडामा अनुमगन गरेको भत्ता बुझ्न नपाइने प्रावधान आफ्नो जानकारीमा नभएको बताए । ‘पछि गएर बुझ्दा वडाबाहिरको मात्रै भत्ता लिन पाईने रहेछ । मैले २७ हजार लिनमा गल्ती भएको स्वीकारछु । अब नगरपालिका गएर बैठक बसेर छलफल गर्छु’ वडाध्यक्ष जोशीले भने ।

Leave A Reply

Your email address will not be published.