संसदिय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडू गृहजिल्ला दार्चुला आउँदै

दार्चुला-नेपाल सरकारका कानून, न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडू गृह जिल्ला दार्चुला आउँदैछन् । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा मन्त्री भएपछि बडू पहिलो पटक दार्चुला आउन लागेका हुन् ।

मन्त्री बडू कात्तिक २ गते जिल्लाको गोकुलेश्वर पुग्ने कार्यतालिका सार्वजनिक भएको छ । कात्तिक २ गते गोकुलेश्वरमा स्थानिय नेता कार्यकर्ता हरु सङ्ग भेटघाट कार्यक्रम रहेको छ भने कात्तिक २ गते साझ ४ बजे देखि जिल्ला सदरमुकाममा भेटघाट, शुभकामना आदानाप्रदान र स्थानिय प्रसाशन सङ्ग भेटघाट का कार्यक्रमहरु रहेको बताइएको छ ।

मन्त्री बडू कात्तिक ४ गते दार्चुलाबाट फर्किने कार्यतालिका सार्वजनिक भएको छ ।

No description available.

Leave A Reply

Your email address will not be published.