९ हजार बिगाहा जमिन अतिक्रमणको अप्रेसन गर्ने गृहमन्त्रीको घोषणा

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बृहत्तर जनकपुर क्षेत्रको करिब नौ हजार जमिन अतिक्रमणको विग अप्रेसन सुरु गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले लगभग नौ हजार बिगाहा जमिन हिनामिना भएको रिपोर्ट आएको भन्दै बिग अप्रेसन सुरु गर्न लागेको जनाएका हुन् ।

‘बृहत्तर जनकपुर क्षेत्रको करिब नौ हजार अतिक्रमित जमिनको गृह मन्त्रालयले विग अप्रेसन सुरु गर्दैछ’, मन्त्री लामिछानेले भने– ‘हुँदैछ गर्दैछौ, कुनै त्यस्तो नेता वा व्यक्तिलाई हामी बचाउँदैनौ ।’

उनले नेपाली जनताको भारी बोक्ने भन्दै अरू कसैको नबोक्ने पनि बताए । उनले सय दिनमा भएका कामको लिस्ट दिएर जुँगा नमुठार्ने भन्दै अब ऐतिहासिक काम गर्ने भन्दै सय दिनमा बेस निर्माण गर्ने काम गरेको दाबी समेत गरे ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.