अमर धामी , दार्चुला । दार्चुलामा गत २४ घण्टादेखी विद्युत अबरुद्ध भएको छ।
जिल्लामा शुक्रबार बेलुका देखि विद्युत सेवा अबरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन । विद्युत लाइन फल्ट हुँदा जिल्लाका अधिकासं ठाउँमा विद्युत अवरुद्ध भएको छ। जिल्लाको माहाकालि नगरपालिकाको थालिगाडा देखि शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर सम्म विद्युत लाइनमा फल्ट आएपछि विद्युत सेवा अबरुद्ध भएको विद्युत वितरण केन्द्र दार्चुलाका सुपरभाइजर पदम बमले जानकारी दिनुभयो ।
“थालिगाडा देखि गोकुलेश्वर सम्मको लाइनको विचमा फल्ट देखिएको छ, कुन ठाउँमा फल्ट छ भन्ने खोजीरहेका छौ बमले भन्नुभयो । आज विहानै देखि २ वटा टोली बनाएर फल्ट खाजीरहेका छौ फल्ट भेट्टिएको छैन्, फल्ट भएको ठाउँमा मर्मत भए पछि मात्रै विद्युत सुचारु गर्न सकिन्छ उहाँले भन्नुभयो” ।
विद्युत कार्यालयको लापरवाही, प्रतिकुल मौसम र सिमित स्रोत, साधन तथा जनशक्ति अभावका कारण बेलाबेला दार्चुलाको विद्युत सेवा अबरुद्ध हुने गरेको छ ।
२०६८ सालको जनगणना अनुसार दार्चुलामा २४ हजार ६१८ घरधुरीमध्ये अहिलेसम्म ९ हजार ३२० घरधुरी अर्थात झण्डै ३५ प्रतिषत परिवारमा मात्रै विद्युतको पहुँच पुगेको छ । अधिकासं घरधुरी अझै विद्युतको पहुँच बाहिर रहेको र विद्युत पुगेको ठाउँमा समेत अनियमित हुँदा नागरिकहरु विभिन्न समस्या खेप्दै आएका छन् ।