बैतडीमा भिरबाट लडेर एक युवतीको मृत्यु

काठमाडौं– बैतडीमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका-९ चौखामकी १९ वर्षीया महेश्वरी विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

सोमवार साँझ घर नजिकै घाँस काट्न गएकी विकको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको ९ नम्बर वडाका वडा अध्यक्ष कृष्ण धामीले बताए।  महेश्वरी उदय मावि गन्सुरमा कक्षा ९ मा अध्ययनरत थिइन्।

Leave A Reply

Your email address will not be published.