दार्चुला– मालिकार्जुन डिजिटल मिडियाले स्वर्गीय अम्बिका देबी जोशी स्मृतिमा प्रत्येक आर्थिक वर्षमा एक लाखको स्मृति कोष स्थापना गरिने भएको छ । स्वर्गीय जोशीको स्मृतिमा मालिकार्जुन डिजिटल मिडियाले स्वर्गीय जोशी स्मृति कोष स्थापन गर्ने निर्णय गरेको हो ।
मालिकार्जुन डिजिटल मिडियाको असार १ गते बसेको सञ्चालक समिति बैठकले एक लाखांको स्मृति कोष स्थापना गर्ने निर्णय गरेको मालीकार्जुन डिजिटल मिडियाका प्रबन्धक निर्देशक केपी जोशीले बताए ।
सो रकम शैल्यशिखर नगरपालिका भित्र रहेका टुहुरा बालबालिका, असाहयहरुलाई आवश्यक पर्ने सामग्री वितरण गरिने जोशीले बताए । मालिकार्जुन डिजिटल मिडियाले सामाजिक कार्यमा बिगतदेखि नै काम गर्दै आईरहेको छ ।