महाकाली तटीय क्षेत्रका नागरिकलाई सचेत रहन प्रशासनको आग्रह

दार्चुला । महाकाली नदि तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ । आईतवार सार्वजनिक सुचना निकाल्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सचेत रहन आग्रह गरेको हो ।

भारतको आन्द्र प्रदेश तथा ओडिशाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गएको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले गर्दा कार्तिक १ गते सोमवार देखी देशभर सामान्य देखी पूर्ण वदली रहने तथा सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन, चट्याङ सहितको वर्षा हुने भनी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको प्रकाशित मौसम पूर्वानुमानका आधारमा यस जिल्लाको महाकाली नदी तटीय क्षेत्रमा पानीको सतह वढ्न गई वाढी आउन सक्ने तथा जिल्ला भित्रका अन्य क्षेत्रमा समेत भारी वर्षा भई वाढी पहिरो जान सक्ने सम्भावना रहेकोले सम्पुर्ण जिल्ला वासीहरु लाई सचेत रहन आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.