दार्चुलाकी एक महिला बैतडीमा मृत फेला

दार्चुला– बैतडीमा एक महिलाको शव फेला परेको छ।  बैतडीको दशरथचन्द नगरपालिका–६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा दार्चुला घर भएकी महिलाको शव सोमवार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।

दार्चुलाको लेकम गाउँपालिका–४ दमसैना घर भएकी २२ वर्षीया हेमन्ती गिरीको शव फेला परेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए। यही असार ८ गते घरबाट हराएकी हेमन्तीको शव फेला परेको बताइएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.