दार्चुलामा ४० घण्टा पछि सुचारु भएको विद्युत ६ घण्टा नवित्दै अबरुद्ध

दार्चुला । दार्चुलामा शुक्रबार देखि आइतबार सम्म करिब ४० घण्टा लगातार अबरुद्ध रहेको विद्युत सेवा आइतबार दिउँसो पछि सुचारु भयो । आइतबार दिउसो देखि अबरुद्ध भएको विद्युत सेवा ४० घण्टा पछि पनि नियमित सञ्चालन हुन सकेन । आइतबार दिउँसो विद्युत सेवा सुचारु भयो तर विद्युत आउने जाने समस्या कायमै रहेको थियो ।

त्यो समस्या समाधान हुनुको साटो सोमबार विहान देखि दार्चुला सदरमुकाम सहित जिल्लाका अधिकासं क्षेत्रको विद्युत सेवा पुर्ण रुपमा अबरुद्ध भयो । ४० घण्टा पछि बल्ल तल्ल सुचारु भएको विद्युत सेवा ६ घण्टा नवित्दै अबरुद्ध हुँदा दार्चुलाका स्थानीय हैरान भएका छन ।

विद्युत प्राधिकरण कार्यालय दार्चुलाका अनुसार आइतबार राति हावा र हुरी सहित आएको वर्षाका कारण शैल्यशिखर नगरपालिका वडा नम्बर ५ बरमुडेमा विद्युत पोल ढल्दा दार्चुला सदरमुकाम लगायत जिल्लाका धेरै ठाउँको विद्युत सेवा अबरुद्ध भएको हो ।

राट्रिय प्रसारण लाइन अन्तरगतको दार्चुला सदरमुकाम खलंगा सम्म विस्तार गरिएको ३३ केभिए प्रशारण लाईनको तीन वटा पोल ढल्दा दार्चुला सदरमुकाम सहित जिल्लाका अधिकांस क्षेत्रको विद्युत सेवा अबरुद्ध भएको छ ।

सो क्षेत्रमा पोल गाड्ने कार्य भैरहेको र मौषम प्रतिकुल भएका कारण अवरुद्ध विद्युतीय लाईन सुचारु गर्न कठिनाई भईरहेको विद्युत प्रधिकरण कार्यालय दार्चुलाको भनाइ रहेको छ।

Leave A Reply

Your email address will not be published.