संविधान संशोधनको एजेन्डा राप्रपाको हो, सरकारबारे विचार गर्छौँ : लिङदेन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति टिप्पणी गरेका छन् । राप्रपाले संविधान संशोधनको माग गर्दै आएको बताए ।संविधान सुधार गर्नेतर्फ अब बन्ने सरकार अघि बढे आफूहरूले विचार गर्ने उनले उल्लेख गरे । त्यस्तो अवस्थामा आफूहरूले सरकारलाई समर्थन गर्न सक्ने उनले बताए ।

नयाँ सत्तासमीकरणमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई पनि सहभागी गराउन सके राम्रो हुने उनको सुझाव छ ।

दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गए राति सत्तासाझेदारीको सहमति भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

संविधान संशोधनचाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डा हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुदेखि नै यो संविधानका केही मूलभूत कुराहरूमा परिवर्तन र सुधार नगरीकन जस्तोसुकै सरकार बने पनि, जसको नेतृत्वमा सरकार बने पनि स्थायित्व प्राप्त हुँदैन भनेर भनिरहेको हो । अलिअलि फरक पर्ला, तर तात्त्विक फरक पर्दैन भनेकै हो ।

संविधान सुधार गर्नुपर्छ, प्रणालीमा समस्या छ भन्दै आएका हौँ । त्यो विषयमा अब बन्ने सरकार अघि बढ्यो भने त हामीले विचार गर्छौ । हामी सरकारमा नगएर पनि समर्थन गर्न सक्छौँ । गएर पनि सरकारलाई समर्थन गर्न सक्छौँ । मूलभूत कुरा संविधान संशोधनको हो । तर, सरकारको उद्देश्य के हो रु किन यो सरकार बन्यो रु प्रस्ट रूपमा त्यो कुरा बाहिर आउनुपर्छ ।

पहिलो कुराचाहिँ सरकारको स्थायित्वको लागि कांग्रेस–एमाले मिलेर बनाउँदा राम्रो हुन्छ भनेर पहिलेदेखि मैले प्रस्ताव गर्दै आएको थिएँ । अझ माओवादीलाई पनि मिलाए राम्रो हुन्छ । अझ स्वतन्त्र पार्टीलाई मिलाए पनि राम्रो हुन्छ ।

Leave A Reply

Your email address will not be published.