ब्यासमा खाद्यान्न ढुवानी गर्न १ करोड ५३ लाख विनियोजन

दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिकामा खाद्यान ढुवानीको लागी अर्थ मन्त्रालयले डेढ करोड बढी बजेट विनियोन गरेको छ ।

बर्षातको समयमा आएको बाढी तथा पहिरोले दार्चुला सदरमुकाम देखी ब्यास गाउँपालिका जोड्ने दार्चुला तिङकर सडक र गोरेटो बाटो अबरुद्ध भएपछि व्याँसमा खाद्यान समस्या हुने देखिएपछि हेलिकप्टर मार्फत खाद्यान ढुवानीको लागी १ करोड ५३ लाख रुपैया बजेट विनियोजन गरेको हो।

गोरेटो बाटो अबरुद्ध भएपछि गाउँपालिकाको वडा नम्बर १,२,३, र ४ मा खाद्यान्न ढुवानी गर्न निक्कै समस्या भएको छ । खाद्यान्नको अभाव हुन थालेपछि गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले भदौ २ गते गृहमन्त्री बालकृष्ण खाणलाई प्रतक्ष भेटेरै हेलिकप्टर मार्फत खाद्यान्न ढुवानीको व्यवस्था मिलाईदिन अनुरोध गरेको गाउँपालिका अध्यक्ष बुढाथोकी का स्वकीय सचिब दिपक सिंह खातीले जानकारी दिनुभयो।

अध्यक्ष बुढाथोकीको अनुरोध पछि गृहमन्त्री खाणले तत्काल हेलिकप्टरमार्फत खाद्यान्न ढुवानीको प्रबन्ध गर्न उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र ढुवानीको लागि आवश्यक बजेट बिनियोजन गर्न अर्थ मन्त्रालय लाई लाई निर्देशन दिनुभएको थियो ।

ब्यास गाउँपालिकाको वडा नम्बर १,२,३, र ४ को लागी हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गर्न भदौ १५ गते अर्थ मन्त्रालयले १ करोड ५३ लाख बजेट बिनियोजन गरेको र छिट्टै टेन्डर आह्वान गरेर हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गरिने गाउँपालिका अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.