मधेशकी सांसदले भनिन् : यस्तै हो भने ०८४ मा जनताले जुत्ता हान्छन्

काठमाडौ– मधेश प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंह चौधरीले दलका नेताहरुमा खुट्टा तान्ने प्रवृत्ति रहिरहे ०८४ को चुनावमा जनताले जुत्ता हान्ने बताएकी छन् । मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत दिन सदनमा धारणा राख्ने क्रममा उनले आगामी आर्थिक वर्ष २०८/८२ को को बजेटमा प्रत्यक्ष निर्वाचित र समानुपातिक पद्धतिबाट निर्वाचित सांसदलाई फरक व्यवहार गरेकामा आपत्ति जनाइन् ।

प्रत्यक्ष सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड रुपैयाँ सरकारले दिने भनेको विषय केलाउँदै सांसद चौधरीले सो शब्द प्रयोग गरेकी हुन् ।

‘ खुट्टा तान्ने जुन प्रवृत्ति छ । त्यसलाई छोडौं । नभए २०८४ को चुनावमा हामीलाई जनताले जुत्ता हान्छ’, उनले प्रदेशसभा बैठकमा भनिन् । उनको सो शब्द प्रयोग गर्दा सांसदहरु खित्का छाड्दै हाँसेका थिए । शब्द चयनमा त्रुटि भएको भन्दै सभामुख रामचन्द्र मण्डलले सो शब्द रेकर्डबाट हटाउन निर्देशन दिए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.