दार्चुलामा चालु आर्थिक बर्षको हाल सम्म ६ जनाले आत्माहत्या गरे

दार्चुला । दार्चुलामा चालु आर्थिक बर्षको हाल सम्म ६ जनाले आत्माहत्या गरेका छन ।

जिल्लाका विभिन्न स्थानीय तहमा चालु आर्थिक बर्षको हाल सम्म ६ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जिल्लामा हाल सम्म ५ जनाले झुन्डीएर र एक जनाले बिष सेवन गरि आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरिक्षक माधव विश्वकर्माले बताउनुभयो ।

गत आर्थिक बर्षमा जिल्लामा २१ जनाले आत्माहत्या गरेको प्रहरीको तथ्याङ्क रहेको छ । जिल्लामा आत्माहत्या गर्नेमा पुरुष भन्दा महिलाको संख्या बढी रहेको प्रहरीको भनाई छ। कोरोना पछिको शिजृत अवस्था, गरिबी, घरायसी कहल, मदिरा सेवन, सामाजिक सञ्जालको गलत प्रयोग आदि कारणले जिल्लामा आत्माहत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीको भनाइ छ।

जिल्लामा गत आर्थिक बर्षमा १६ जनाले झुन्डीएर, २ जनाले बिष सेवन तथा ३ जनाले नदिमा हाम फालेर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.