गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह : बेचनको अनावश्यक ब्राण्डिङ नगर्नुस्

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तका हत्यारा र जीबी राईलाई पक्राउ गर्न नसकेको तर बेचेन झाको ब्रान्डिङ गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा बोल्दै शाहीले लामिछानेको कार्यकालमा सुन तस्कर, भुटानी शरणार्थी प्रकरणका आरोपी, सहकारी ठग कोहीपनि जेल नगएको बताए ।

उनले भने,‘ठुला ठुला नेताहरूबिच कुर्सीको झगडाले सरकार ढल्यो भनौँ, फाइल खोलेर सरकार ढल्यो भन्ने झुटो कुरा नगरौँ ।’ शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि जातीय राजनीति गर्न खोजेको भन्दै जातीय द्वन्द्व नगर्न चेतावनी दिए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.