दार्चुला : कांग्रेसको वडा उपसभापति र एमालेको सचिवमा निर्वाचित एउटै व्यक्ति

दार्चुला – दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका व्यक्ति एमालेको वडा सचिवमा चयन भएका छन्। गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए। उनै डोबाल शनिबार सम्पन्न भएको नेकपा एमालेको वडा अधिवेशनमा सचिव पदमामा चयन भएका छन्।

शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए।
नेकपा एमाले दार्चुलाले शनिबार ६१ वटा वडाहरू मध्ये धेरैजसो वडामा अधिवेशन सम्पन्न गरेको छ।

Leave A Reply

Your email address will not be published.